घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति « Khabarhub

घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँमा एकैदिन भएको तीनजनाको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घटनाको २० दिनपछि तनहुँ प्रहरीले शंकास्पद व्यक्तिलाई सार्वजनिक गरेको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ४६ वर्षीय कुमार नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए । अनुसन्धानका क्रममा प्राप्त प्रमाण, प्रदेश अस्पताल दमौलीको पोस्टमार्टम रिपोर्ट, केन्द्रीय विधिविज्ञान प्रयोगशालाको रिपोर्ट र प्रारम्भिक अनुसन्धानको आधारमा नेपालीलाई पक्राउ गरिएको उनको भनाइ छ । “नेपालीको विरुद्धमा पीडितका आफन्तले कर्तव्य ज्यान मुद्दामा संयुक्त पूरक किटानी जाहेरी दरखास्त दिएका छन्, सोहीअनुसार अनुसन्धान भइरहेको छ,” उनले भने ।

डीएसपी विकका अनुसार, कर्तव्य ज्यानसम्बन्धी मुद्दामा नेपालीलाई जिल्ला अदालत तनहुँले सात दिनको म्याद थप गरेको छ । माघ १३ गतेदेखि लागु हुने गरी बुधबार अदालतले म्याद थप गरेको उनले जानकारी दिए । प्रहरी स्रोतका अनुसार, नेपालीलाई घटनाको तेस्रो दिन नै नियन्त्रणमा लिइएको थियो ।

घटनाको प्रकृति जटिल भएकाले अनुसन्धानमा समय लागेको डीएसपी विकको भनाइ छ । घटनामा अन्य कनेक्सन हुन सक्ने भएकाले खोजी भइरहेको उनले बताए । उनका अनुसार, प्रहरीले हाल विधिविज्ञान प्रयोगशालाबाट आएको रिपोर्टका आधारमा अनुसन्धान गरिरहेको छ । “केही रिपोर्ट आएका छन्, केही अझै बाँकी छन्,” उनले संक्षिप्त प्रतिक्रिया दिए ।

प्रहरीले घटनामा प्रयोग भएको चक्कु, चप्पल, सल, शंकित व्यक्तिले प्रयोग गरेका कपडालगायत सामग्री प्रमाणका रूपमा संकलन गरी विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको हो । घटनाको थप अनुसन्धान प्रक्रिया जारी रहेको डीएसपी विकले बताए ।

गत पुस २६ गते बिहान तनहुँको शुक्लागण्डकी नगरपालिका–५, कसेरीघाटमा तीनजनाको शव धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको थियो । शुक्लागण्डकी नगरपालिकाको फोहोरमैला प्रशोधन केन्द्रको पर्खालबाहिर दुई पुरुष र त्यहाँबाट झन्डै डेढ किलोमिटर पर कसेरीघाटको जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी थिइन् ।

मृतकमध्ये फोहोरमैला प्रशोधन केन्द्र सञ्चालनको जिम्मा लिएको ग्रिन रोड प्रालिका कर्मचारी शुक्लागण्डकी नगरपालिका–११, पाल्पालीछापका ३९ वर्षीय नारायण विकको त्यही दिन पहिचान खुलेको थियो ।

हत्याको तेस्रो दिन मात्र महिलाको पहिचान खुलेको हो । मृतक महिला तनहुँकै भीमाद नगरपालिका–८, भागरकी ५८ वर्षीया देउमाया थापा रहेको प्रहरीले जनाएको छ । देउमायासँगै फोहोरमैला प्रशोधन केन्द्रबाहिर टहरामा बस्ने अन्दाजी ५५ वर्षीय पुरुषको भने अझै पहिचान खुल्न सकेको छैन । उनको पहिचानका लागि प्रहरीले प्रयास गरिरहेको छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा तथा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराबाट विज्ञ टोली परिचालन गरेको थियो । तर, २० दिन बितिसक्दा पनि हत्या प्रकरणको ठोस निचोडमा प्रहरी पुग्न सकेको छैन ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ९ : २३ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत