भक्तपुरको फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति « Khabarhub

भक्तपुरको फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको एक फर्निचर आगलागी हुँदा रु ३५ लाख बराबरको सामान नष्ट भएको छ ।

सूर्यविनायक नगरपालिका–९ स्थित भातेढिकुरस्थित भक्तपुर नगरपालिका–३ का रामकृष्ण शिल्पकारले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाख ८० हजार बराबरको सामान क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

आगलागीबाट फर्निचर उद्योगसँगै रहेको सुवास लिम्बूले सञ्चालन गरेको खाजा पसल तथा मैना तामाङको गलैँचाको तानमा आगलागीबाट क्षति भएको प्रहरीको भनाइ छ ।

जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल, प्रहरी र स्थानीयले तीन घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ९ : ३० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा