आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा « Khabarhub

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को उद्घाटन खेलमा सनराइजर्स हैदराबादमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । घरेलु मैदान चिन्नास्वामी स्टेडियममा शनिबार भएको खेलमा आरसिबीले हैदराबादले दिएको २०२ रनको विशाल लक्ष्य मात्र १५.४ ओभरमा ४ विकेट गुमाएर २०३ रन बनाउँदै पूरा गर्‍यो ।

आरसिबीको जितमा भेट्रान ब्याटर विराट कोहली र देवदत्त पदिकलले आक्रामक इनिङ्स खेले । कोहलीले ६९ रनको योगदान दिए भने पदिकलले मात्र २६ बलमा ६१ रन जोड्दै टोलीको जित सहज बनाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा विशाल योगफल तयार पारेको थियो । उसका लागि इशान किशनले ३८ बलमा ८० रनको आक्रामक इनिङ्स खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।

बलिङतर्फ आरसिबीका लागि डेब्युट्यान्ट ज्याकब डफी नायक बने । उनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । डफीले हैदराबादका प्रमुख ब्याटर अभिषेक शर्मा, ट्राभिस हेड र नितीश कुमार रेड्डीलाई पेभिलियनको बाटो देखाएका थिए । डफीको किफायती बलिङ र पदिकलको विष्फोटक ब्याटिङ नै आरसिबीको जितको मुख्य आधार बन्यो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ९ : ०९ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट