कुलमानको निर्वाचन खर्च १४ लाख « Khabarhub

कुलमानको निर्वाचन खर्च १४ लाख


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका कुलमान घिसिङले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार घिसिङले चुनाव अवधिभर जम्मा १४ लाख १० हजार ८० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

घिसिङले बुझाएको ‘निर्वाचन खर्चको विवरण’ अनुसूची (४१) अनुसार सबैभन्दा बढी खर्च प्रचारप्रसार सामग्री छपाइमा भएको देखिन्छ। नमुना मतपत्र, ब्यानर, पर्चा र प्रतिबद्धता पत्र छपाइका लागि ३ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

त्यसैगरी, सवारी साधन भाडामा १५ दिनका लागि ३ लाख २० हजार, ब्याची, टोपी र झन्डा छपाइमा ३ लाख १० हजार तथा घरदैलोका क्रममा खाना खर्चबापत २ लाख ७० हजार ८१ रुपैयाँ खर्च भएको देखाइएको छ।

घिसिङले कार्यालय कोठा भाडा र सञ्चालन खर्चबापत एक महिनाको १ लाख २० हजार र मनोनयन दर्ता शुल्क १० हजार रुपैयाँ बुझाएको विवरणमा उल्लेख छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ बमोजिम उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा यो विवरण दर्ता गराएका हुन्। निर्वाचन आयोगले तोकेको आचारसंहिता र सीमाभित्रै रहेर खर्च विवरण पेस गरिएको घिसिङले बताएका छन्।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ११ : २९ बजे

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण

टीकापुर– वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित

स्वास्थ्य शिविमा चार सय जनाको निःशुल्क उपचार

पर्वत– फलेवास देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा

लेक लागेर योजना अधिकृतको मृत्यु

ताप्लेजुङ– समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक

पश्चिम एसिया तनाव : इस्लामावादमा पाकिस्तान, साउदी, टर्की र इजिप्टका विदेश मन्त्रीहरूको बैठक

इस्लामावाद- पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित आइतबार पाकिस्तानमा