पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताको सम्पत्ति छानबिन सुरू « Khabarhub

पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताको सम्पत्ति छानबिन सुरू


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन सुरू गरेको छ।

स्रोतका अनुसार उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन सुरू गर्न सरकारले सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ।

विगतमा उच्च पदमा पुगेका नेता-कर्मचारी र अकुत सम्पत्ति कमाएकारूमाथि बालेन्द्र नेतृत्वको सरकारले सम्पत्ति शुद्धिकरण शीर्षकमा अनुसन्धान थालेको हो।

सरकारी स्रोतका अनुसार आइतबारबाटै उक्त प्रक्रिया अगाडि बढाइएको हो । ’पूर्वप्रधानमन्त्रीहरू र तिनका परिवार तथा उच्च पदस्थ व्यक्ति लगायत सबै जनाको सम्पत्ति खोजबिन कार्य सुरू भएको छ’, स्रोतले भन्यो ।

सरकारले उच्च पदस्थको सम्पत्ति छानबिन कार्यमा कसैलाई पाखा र कसैलाई काखा नगर्नेसमेत बचन दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) छानबिन सुरू गरेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १२ : ४३ बजे

शेखर आएपछि सुरु भयो कांग्रेस पूर्णबहादुर पक्षको बैठक

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । 

इन्डोनेसियामा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार

जकार्ता– इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तको तालियाबुमा डुङ्गा डुब्दा फसेका २१

यस्तो देखियो कांग्रेस देउवा समूहको भेला (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसमा दुई समूहको झगडा सतहमा आएको छ। फागुन २१

गृहमन्त्री र सशस्त्र प्रहरीबीच छलफल, विपद् व्यवस्थापनदेखि सीमाक्षेत्रको तस्करी र अपराध मूल एजेन्डा

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका अधिकारीहरूबीच हलचोकमा छलफल

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प