पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताको सम्पत्ति छानबिन सुरू « Khabarhub

पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताको सम्पत्ति छानबिन सुरू


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन सुरू गरेको छ।

स्रोतका अनुसार उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन सुरू गर्न सरकारले सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ।

विगतमा उच्च पदमा पुगेका नेता-कर्मचारी र अकुत सम्पत्ति कमाएकारूमाथि बालेन्द्र नेतृत्वको सरकारले सम्पत्ति शुद्धिकरण शीर्षकमा अनुसन्धान थालेको हो।

सरकारी स्रोतका अनुसार आइतबारबाटै उक्त प्रक्रिया अगाडि बढाइएको हो । ’पूर्वप्रधानमन्त्रीहरू र तिनका परिवार तथा उच्च पदस्थ व्यक्ति लगायत सबै जनाको सम्पत्ति खोजबिन कार्य सुरू भएको छ’, स्रोतले भन्यो ।

सरकारले उच्च पदस्थको सम्पत्ति छानबिन कार्यमा कसैलाई पाखा र कसैलाई काखा नगर्नेसमेत बचन दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) छानबिन सुरू गरेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १२ : ४३ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को