इस्लामावाद- पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित आइतबार पाकिस्तानमा महत्वपूर्ण बैठक हुँदैछ।
पाकिस्तानी अनलाइन डनका अनुसार यस बैठकमा साउदी अरब, टर्की र इजिप्टका उच्चस्तरीय कूटनीतिज्ञहरू सहभागी भएका छन् ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इशाक दरले आइताबारदेखि सुरू हुने दुईदिने बैठकको अध्यक्षता गर्ने भएका छन्।
यस बैठकमा पाकिस्तान, साउदी अरब, टर्की र इजिप्ट सहभागी हुनेछन्। सरकारी सञ्चारमाध्यम रेडियो पाकिस्तानका अनुसार बैठकमा विकासोन्मुख क्षेत्रीय अवस्थाबारे परामर्श गरिनेछ।
रिपोर्टअनुसार टर्की र इजिप्टका विदेश मन्त्रीहरू इस्लामाबाद आइपुगेका छन् भने साउदी अरबका विदेश मन्त्री पनि आइतबार नै संघीय राजधानी पुगेका छन् ।
पाकिस्तानले युद्ध अन्त्यका सम्भावित उपायहरूबारे छलफल हुने जनाएको छ। पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले क्षेत्रीय तनावबारे आफूले इरानका राष्ट्रपति मोसुद पेजेस्कियनसँग कुराकानी गरेको बताएका छन्।
यसअघि बैठक सोमबार हुने भनिएको भए पनि समय परिवर्तन गरिएको छ। तर परिवर्तनको कारण अझै स्पष्ट भएको छैन। युद्ध अन्त्यका लागि पाकिस्तानमा कूटनीतिक पहलहरू तीव्र बनेका छन्।
इजिप्टका विदेश मन्त्रीले पाकिस्तानी समकक्षी इशाक दरसँग भेटवार्ता गरेका छन्। यसका साथै उनले साउदी अरब र टर्कीका विदेश मन्त्रीहरूसँग छुट्टाछुट्टै बैठकहरू गरिरहेका छन्। यस बैठकबाट युद्ध अन्त्यका लागि कुनै साझा समाधान निस्कने अपेक्षा गरिएको छ।













प्रतिक्रिया