लेक लागेर योजना अधिकृतको मृत्यु « Khabarhub

लेक लागेर योजना अधिकृतको मृत्यु


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक लागेर मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ३३ वर्षीय हमालको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित लोनाक क्षेत्रमा कामको सिलसिलामा गएका बेला लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशङ्कर यादवका अनुसार हमाल समृद्ध पहाड संस्थामा योजना अधिकृतका साथै कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनामा पनि कार्यरत थिए । कामका लागि उच्च हिमाली क्षेत्रमा पुगेका बेला शनिबार बिहान लेक लागेर बिरामी पर्नुभएका हमालको सोही क्षेत्रमा मृत्यु भएको उनले जानकारी दिए  । 

हमालको शव परीक्षणसहित आवश्यक कानुनी प्रक्रिया पूरा गर्न एभरेष्ट एयरको हेलिकप्टरमार्फत काठमाडौँं लगिएको प्रहरी निरीक्षक यादवले उल्लेख गरे । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १ : २३ बजे

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट