स्वास्थ्य शिविमा चार सय जनाको निःशुल्क उपचार « Khabarhub

स्वास्थ्य शिविमा चार सय जनाको निःशुल्क उपचार


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पर्वत– फलेवास देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा करिब ४०० जना बिरामीले परीक्षण गराएका छन् । 

शिविरमा मुटुरोग विशेषज्ञद्वारा मुटुसम्बन्धी विस्तृत परीक्षण, मधुमेह तथा रक्तचाप परीक्षण, सामान्य रोगको परीक्षण तथा परामर्श तथा कार्डियो डाइबेटिकसम्बन्धी विशेषज्ञ परामर्श दिइएको थियो । 

चालीस जना चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । ग्लोबल समाज पर्वतका महासचिव कमल लामिछानेले भने, ‘हामी विदेशमा रहे पनि हाम्रो भावना सदैव हाम्रो जन्मभूमिप्रति नै केन्द्रित छ । हामी जहाँ रहे पनि यहाँ रहनुभएका हाम्रा बुबाआमा तथा दाजुभाइ दिदीबहिनीका खातिर केही न केही योगदान गर्दै आइरहेका छौँ ।’

विगतमा भूकम्प, कोभिड–१९, शिक्षा, स्वास्थ्यलगायतमा ठूलो आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको समाजले हाल मात्रै प्रदेश अस्पताल पर्वतमा करिब ४० लाख रुपैयाँको लागत बराबरको काम पूरा गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १ : २७ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा