सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक « Khabarhub

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति छायाङ्कन अगावै सार्वजनिक भएको छ ।

नीतिले आइतबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी वर्षको भदौ २४ लाई तोकिएको जानकारी दिइन् ।

उनले भनिन्, ‘सबै पक्षसँगको सल्लाहले यो फिल्मको भदौ २४ मा ल्याउनुपर्ने अवस्था बन्यो ।’

अहिले यो फिल्मको छायाङ्कन नै सुरु भएको छैन । चैत २४ बाट छायाङ्कनमा निस्कने योजनामा उनी छन् ।

शीर्ष नायिकाका डेढ दशक लामो करिअरपछि नायिका नीताले निर्देशनमा हात हाल्न थालेकी हुन् ।

यस फिल्ममा उनी नै शीर्ष भूमिकामा छन् । उनका साथमा कलाकार दीपाश्री निरौला,अशोक दर्जी, सिरु बिष्ट र राधिका कँडेललगायत छन् ।

यो फिल्मको कथा पनि नीता आफैँले लेखेकी हुन् । स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् ।

नीताकै ब्यानर ‘नीता फिल्मस्’बाट यो फिल्म बन्ने बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ४ : २२ बजे

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने

अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

ओ‌ली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी