ज्ञापनपत्र बुझाउँदै एमालेले भन्यो : गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर « Khabarhub

ज्ञापनपत्र बुझाउँदै एमालेले भन्यो : गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भैरहवा- नेकपा (एमाले) रुपन्देहीले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

एमाले रुपन्देहीका नेता तथा कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउने क्रममा कार्यकर्ताहरूले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै गिरफ्तारीको कडा विरोध जनाएका थिए ।

पार्टीले उक्त गिरफ्तारीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानूनी कदमको संज्ञा दिँदै लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि आघात पुगेको आरोप लगाएको छ । साथै, यस्तो कार्यले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनीसमेत दिएको छ ।

कार्यक्रमका क्रममा बोल्ने नेताहरूले २०८२ भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । उनीहरूले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण भन्दै खारेज गर्नुपर्ने बताएका छन् ।

एमाले रुपन्देहीले आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने मागसमेत राखेको छ । यसका साथै, विभिन्न गैरसरकारी संस्थाहरूको संलग्नताबारे पनि गम्भीर अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ ।

पार्टीले अध्यक्ष ओली र नेता लेखकलाई तत्काल रिहा गर्न माग गर्दै माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडि भएको प्रदर्शन शान्तिपूर्ण भए पनि नाराबाजीले केही समय वातावरण तनावग्रस्त बनेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ४ : ०१ बजे

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने

अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

ओ‌ली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ

प्रचण्डले भने- ओलीमाथिको अनुसन्धानमा राजनीतिक पूर्वाग्रह नराखियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष