प्रचण्डले भने- ओलीमाथिको अनुसन्धानमा राजनीतिक पूर्वाग्रह नराखियोस् « Khabarhub

प्रचण्डले भने- ओलीमाथिको अनुसन्धानमा राजनीतिक पूर्वाग्रह नराखियोस्


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । 

आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले राजनीतिक आग्रह–पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

त्यस्तै प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने विषय आफूहरूले नै यसअघि संसद्बाट उठाएको विषय भएको उल्लेख गरे । पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिनमा सहयोग हुने उनको भनाइ छ ।

प्रचण्डले सरकारले अघि सारेको शासकीय सुधारका १०० बुँदे विषय आफूले हेर्न नपाएको भन्दै विस्तृत रुपमा हेरेपछि प्रतिक्रिया दिने बताए  । 

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ५ : ३४ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली