विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन « Khabarhub

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।  

आइतबार सिंहदरबारस्थीत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सबै प्रकारका तयारी गर्न निर्देशन दिएका हुने । 

सो क्रममा प्राधिकरणका अधिकारीहरूले विपद् जोखिम न्यूनीकरणका लागि भएका स्रोत साधन तथा अन्य तयारीका बारेमा जानकारी गराएका थिए ।

मनसुन आउनुभन्दा पहिले नै आवश्यक तयारी गरे धनजनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले अहिलेदेखि नै तयारी गर्न आफूले निर्देशन दिएको गृहमन्त्री गुरुङले बताए । 

उनले नेपाल प्राकृतिक विपद्को जोखिम राष्ट्र भएकाले पनि सबै मिलेर जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । पाठ्यक्रममा नै समावेश गरेर विपद् जोखिम न्यूनीकरणको शिक्षा प्रदान गर्नका लागि पनि काम भइरहेको उनको भनाइ छ ।

आफू १० वर्ष अघिदेखि नै विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरेको भन्दै मन्त्री गुरुङले अहिले आफू हैसियत बनाएर नै काम गर्ने ठाउँमा आएको प्रतिक्रिया दिए । अव कुनै पनि नागरिकले प्राकृतिक विपद्बाट ज्यान गुमाउन नपर्ने गरी तयारी हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ४ : २६ बजे

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर