काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
आइतबार माइतिघरबाट बानेश्वरसम्म प्रदर्शन गर्ने क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । प्रदर्शनका क्रममा प्रहरीसंग विवाद भएपछि प्रदर्शनकारीले ढुङ्गामुडा गरेका थिए भने स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो ।
सो क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् भने केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अध्यक्ष ओलीलाई पक्राउ गरेपछि एमालेले आन्दोलनको घोषणा गरेको थियो ।
त्यसपछि शनिबारदेखि नै काठमाडौं लगाएत देशका बिभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले ओलीको रिहाईका साथै गृहमन्त्रीको राजीनामा माग समेत गरेका छन् ।























प्रतिक्रिया