ओली पक्राउविरुद्ध एमालेमा देखिएन एकता, कार्यकर्ता आएनन् सडकमा « Khabarhub

ओली पक्राउविरुद्ध एमालेमा देखिएन एकता, कार्यकर्ता आएनन् सडकमा


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले गरेको गिरफ्तारीको विषयमा एमालेले औपचारिक रूपमा विरोध गर्दै सडक, सदन र अदालतबाट लड्ने घोषणा गरेको थियो । तर, शनिबारदेखि एमालेले सुरु गरेको सडक आन्दोलनमा भने एमालेका नेता तथा कार्यकर्ता खासै देखिएनन् ।

भदौ २३ गते भएको जेन-जी आन्दोलनको क्रममा सरकारको आदेशको कारणले विद्यार्थीहरूको ज्यान गएको भन्दै शनिबार बिहान प्रहरीले ओलीलाई पक्राउ गरेको थियो । सोलगत्तै बसेको एमाले सचिवालयको बैठकले शनिबारबाट नै देशव्यापी आन्दोलन गर्ने घोषणा गर्‍यो ।

एमालेको घोषणाअनुसार आइतबार सबै जिल्ला प्रशासन कार्यालयमार्फत एमालेले सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको थियो । तर, सबै जिल्लामा आयोजना गरिएको कार्यक्रममा भने एमालेका कार्यकर्ताको निकै न्यून उपस्थिति देखियो ।

किन कम संख्यामा आए एमाले सडकमा ?

यतिबेला एमालेभित्र ओलीको गिरफ्तारीको विषयलाई लिएर पार्टीले एउटा औपचारिक धारणा सार्वजनिक गरेपनि अनौपचारिक रूपमा भने दुई धार देखिएको छ । विशेषगरी पार्टीभित्रको ओलीको हार्डलाइनर भनेर चिनिने खेमाले आफूलाई आक्रामक रूपमा प्रस्तुत गर्न खोजेको छ भने पार्टीभित्र लामो समयदेखि सिमान्तकृत बन्दै आएको समूह भने नम्र रूपमा प्रस्तुत भएको छ ।

केही समयअघि एमालेमा नेतृत्वको दावी गर्न आइपुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अहिले पनि एमालेभित्र एउटा समूहको नेतृत्व गर्छिन् । उनले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले अपरिपक्क कदम चालेको भन्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिन उपयुक्त हुने बताएकी थिइन् ।

शनिबार नै एमालेका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टीका कार्यकर्तालाई सडकमा ओराल्नु र मुठभेडमा धकेल्नु कसैको हितमा नभएको बताएका थिए ।

उनले सडक आन्दोलनमा आफ्नो समर्थन नरहेको स्पष्ट सन्देश दिएका थिए । साथै, पछिल्लो महाधिवेशनसम्म ओलीको इतर खेमा बन्न पुगेको पक्ष यतिबेला सडक देखि सामाजिक सञ्जालमा पनि आफूलाई आक्रामक रूपमा प्रस्तुत गरेको देखिँदैन ।

त्यस्तै, शनिबारदेखि सुरु गरेको आन्दोलनमा आइतबारसम्म कुनै पनि केन्द्रीय स्तरका पदाधिकारी पनि सडकमा देखिएका छैनन् । साथै, एमालेले आन्दोलनमा कांग्रेसलाई पनि ल्याउने योजनाका साथ विज्ञप्तिदेखि ज्ञापनपत्रमा पनि विषय उल्लेख गरेको छ ।

तर, देउवा पक्षले कञ्चनपुरमा सहभागिता जनाएपनि दुवै पक्षले देशव्यापी एमालेसँग आन्दोलनको सहकार्यलाई अस्वीकार गरिदिएको छ । जसले गर्दा पनि एउटै मुद्दामा एउटा व्यक्तिको पक्षमा आन्दोलन गर्ने र अर्को व्यक्तिको पक्षमा आन्दोलन नहुनुले पनि एमालेका कार्यकर्ताको मनोविज्ञानमा विभाजन ल्याइदिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ५ : ३३ बजे

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक