प्रचण्डले भने- ओलीमाथिको अनुसन्धानमा राजनीतिक पूर्वाग्रह नराखियोस् « Khabarhub

प्रचण्डले भने- ओलीमाथिको अनुसन्धानमा राजनीतिक पूर्वाग्रह नराखियोस्


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । 

आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले राजनीतिक आग्रह–पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

त्यस्तै प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने विषय आफूहरूले नै यसअघि संसद्बाट उठाएको विषय भएको उल्लेख गरे । पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिनमा सहयोग हुने उनको भनाइ छ ।

प्रचण्डले सरकारले अघि सारेको शासकीय सुधारका १०० बुँदे विषय आफूले हेर्न नपाएको भन्दै विस्तृत रुपमा हेरेपछि प्रतिक्रिया दिने बताए  । 

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ५ : ३४ बजे

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता

ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने