विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक वर्ष २०८१/८२ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिवेदन समितिका सभापति रामदेव यादवले पेस गरेका हुन् ।
सभाको शून्य र विशेष समयमा कोशी प्रदेश सभा सदस्यहरूले उठाएका जिज्ञासामा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जेन-जी पुस्ताको आन्दोलनबाट प्रदेश सरकार मातहतमा रहेका संरचनामा कुल ७६ करोड ९५ लाख रुपैयाँको क्षति भएको जानकारी दिए ।
उनले गएको असोज १८ गतेको बाढी र पहिरोबाट इलाम र ताप्लेजुङमा भएको क्षतिको पुनर्निर्माणका निम्ति स्थापना भएको पुनः निर्माण कोषमा १५ करोड दाखिला भएको बताए ।
कोषमा मौज्दात रकमबाट इलाम र ताप्लेजुङमा यसवर्ष मनसुनजन्य विपत्ति रोक्ने पूर्वाधारमा लगानी गरिने जानकारी उनले दिए ।
प्रदेशसभाको अर्को बैठक यही चैत १७ गते अपराह्न १ बजे हुनेछ ।













प्रतिक्रिया