सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय « Khabarhub

सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप तथा वेबसाइटहरू बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये बुँदा नम्बर ४२ अनुसार सट्टेबाजी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरिएको थियो । सोही निर्णयअनुसार मन्त्रालयले मिति २०८२ चैत १५ गते मन्त्रीस्तरबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गरी हाल पहिचान भएका सबै सट्टेबाजी एप तथा वेबसाइटहरू बन्द गरिसकेको जनाएको छ ।

मन्त्रालयका अनुसार सट्टेबाजीसम्बन्धी गतिविधि नेपालका विद्यमान कानुनविपरीत रहेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (४) अनुसार सट्टेबाजी गर्नु वा गराउनु गैरकानुनी मानिन्छ। उक्त व्यवस्था उल्लङ्घन गरेमा सोही ऐनको दफा १२५ (६) बमोजिम कसूरमा प्रयोग भएको रकम जफत गरी एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ अनुसार पनि जुवा वा सट्टेबाजीसम्बन्धी विज्ञापन गर्न नपाइने व्यवस्था रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले सबैलाई कुनै पनि विद्युतीय माध्यमबाट सट्टेबाजी एप वा वेबसाइट सञ्चालन तथा प्रयोग नगर्न आग्रह गरेको छ। साथै, अनाधिकृत रूपमा यस्ता गतिविधि सञ्चालन वा प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ८ : ४९ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको