कानुनमन्त्री सोविता गौतमद्वारा न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल « Khabarhub

कानुनमन्त्री सोविता गौतमद्वारा न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले न्याय क्षेत्रका उच्च पदाधिकारीहरूसँग छलफल गरेकी छन् ।

मन्त्री गौतमले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, न्याय परिषद्का सदस्यहरू, न्याय सेवा आयोगका सदस्यहरू तथा उच्च पदस्थ कर्मचारीहरूसँग भेटघाट तथा छलफल गरेकी हुन् ।

छलफलका क्रममा न्याय परिषद् र न्याय सेवा आयोगका कार्यप्रणाली तथा समन्वयका विषयमा विचारविमर्श भएको जनाइएको छ । साथै, परिषद् र आयोगका पदाधिकारी तथा कर्मचारीहरूले मन्त्री गौतमलाई न्याय परिषद् र न्याय सेवा आयोगको सदस्यका रूपमा स्वागत गरेका थिए ।

बैठकमा विशेषगरी न्याय परिषद्को कामकारबाहीलाई अझ सुदृढ, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ८ : ५४ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको