पर्वत – नेपाल राष्ट्रिय शिक्षक संगठनको पर्वत जिल्ला कार्यसमिति भंग गरिएको छ।
संगठनका अध्यक्ष सुरेन्द्र शर्मा गौतमद्वारा जारी सूचनाअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितासम्बन्धी बुँदा नम्बर १२ को निर्णयलाई स्वागत गर्दै उक्त कदम चालिएको हो ।
सोही निर्णयअनुसार संगठनको पर्वत जिल्ला कार्यसमिति मिति २०८२ चैत १५ गतेदेखि पूर्ण रूपमा भंग गरिएको जानकारी गराइएको छ ।
संगठनले सम्बन्धित सबै सरोकारवालालाई उक्त निर्णयबारे जानकारी गराउँदै आगामी संरचनाबारे आवश्यक निर्णय पछि गरिने संकेत गरेको छ।














प्रतिक्रिया