श्रम स्वीकृति अब आवेदनकै दिन, टोकन प्रणाली खारेज गरिने « Khabarhub

श्रम स्वीकृति अब आवेदनकै दिन, टोकन प्रणाली खारेज गरिने


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली हटाउँदै आवेदन दिएको दिनमै स्वीकृति दिने व्यवस्था सुरु गर्ने भएको छ ।

मन्त्रालयमा आइतबार बसेको बैठकले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमाथि छलफल गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाहले श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन तथा श्रमिकको हकहित संरक्षण गर्न मन्त्रालयसँग सम्बन्धित कार्यसूचीमा तत्काल कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, न्यूनतम ज्यालाको सुनिश्चितता, कार्यस्थल सुरक्षा, स्वास्थ्य अवस्था तथा कार्य वातावरणको अध्ययन गरी वैदेशिक रोजगारीका न्यूनतम मापदण्ड तयार गरिनेछ। साथै, सीप विकास तालिममार्फत रोजगारीका अवसर सिर्जना गर्ने, सबै प्रदेशमा निजी क्षेत्रसँग सहकार्य गरी सीप मेला सञ्चालन गर्ने र आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ।

यस्तै, वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्ने, सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउने तथा सेवाग्राहीमैत्री बनाउने विषयमा पनि जोड दिइएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ९ : ४३ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक