आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना « Khabarhub

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त गणनाका लागि एक सय १७ गणकले काम गर्ने जानकारी दिइयो ।

कार्यालयका प्रमुख रेणुकुमारी घिमिरेले १७ जना सुपरिवेक्षकसहित एक सय १७ जना गणक जिल्लामा खटाइने जानकारी दिइन् । उनले असार ७ गतेसम्म जिल्लाका सातै पालिकामा स्थानीय गणकहरू नियुक्ति गरिसक्ने र त्यसरी खटिने गणकलाई आफ्नो सही सूचना प्रवाह गर्न आग्रह गरिन् ।

अठार वटा उद्योग समूहका आर्थिक एकाइहरूलाई समेटेर १३ वटा खण्डमा प्रश्नावली तयार गरिएको घिमिरेले जानकारी दिइन् ।

आर्थिक गणना, २०७५ अनुसार चितवनमा २९ हजार २३७ उद्योग रहेको पाइएका छन्, जसमा १७ हजार ४५ उद्योग दर्ता भएको र १२ हजार १८४ उद्योग दर्ता नभएको पाइएको छ । कार्यालयका प्रमुख घिमिरेले जिल्लाका ६२ दशमलव ६२ प्रतिशत उद्योग पुरुषहरूको स्वामित्वमा रहेका र ३७ दशमलव ३८ प्रतिशत उद्योग महिला व्यवस्थापक भएर काम गरेको जानकारी दिइन् ।

गणनाका क्रममा कृषि क्षेत्रका केही क्षेत्रबाहेक अन्य क्षेत्रको गणना गरिने छ । आर्थिक गणनाले अर्थतन्त्रलाई व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १० : ०१ बजे

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्