काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत हालको सरकारले ओलीविरुद्ध षड्यन्त्रपूर्ण योजना चलाइरहेको आरोप लगाएका हुन् ।
बस्नेतले लेखेका छन्, ‘तीन वर्षअघि एउटा फेक व्यक्तिलाई अगाडि सारेर मेरो विरुद्ध झुट्टा जाहेरी दर्ता गरिएको थियो। उक्त जाहेरी प्रहरी अनुसन्धानबाट नै फर्जी प्रमाणित भइसकेको छ, र उच्च अदालत पाटनमा दायर रिट खारेज भइसकेको छ। अहिले सोही व्यक्तिलाई फेरि प्रयोग गरेर मलाई पक्राउ गर्ने योजना बनाइएको छ। मेरो फोन अफ रहेको र म फरार भएको भन्ने प्रचार पूर्णतः भ्रामक र गलत हो।’
उनले बालेन शाह नेतृत्वको सरकारले निरंकुश र अधिनायकवादी शैलीमा काम गरिरहेको आरोप समेत लगाएका छन् । उनले थपेका छन्, ‘यो कार्य बालेन शाह नेतृत्वको सरकारले निरंकुश र अधिनायकवादी शैलीमा गरिरहेको छ। यस्ता कार्यहरूको प्रतिफल उनीहरूले अवश्य भोग्नुपर्नेछ। यस्ता हल्ला फैलाएर जनमत भ्रमित गर्ने प्रयास भइरहेको छ।’













प्रतिक्रिया