आईपीएल: २२२ रन बनाएर पनि पराजित भयो पन्जाब, राजस्थान ६ विकेटले विजयी « Khabarhub

आईपीएल: २२२ रन बनाएर पनि पराजित भयो पन्जाब, राजस्थान ६ विकेटले विजयी


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औँ खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । चण्डीगढमा मंगलबार राति भएको उच्च स्कोरको प्रतिस्पर्धामा राजस्थानले पन्जाबले दिएको २२३ रनको विशाल लक्ष्य ४ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो ।

पन्जाबले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२२ रनको चुनोती दिएको थियो । घरेलु मैदानमा पन्जाबका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि बलिङमा चुक्दा टोलीले हारको सामना गर्नु परेको हो।

पन्जाबले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानका लागि डोनेभन फेरेराले विस्फोटक इनिङ्स खेले । उनले मात्र २६ बलमा अविजित ५२ रन जोड्दै टोलीलाई जितको नजिक पुर्‍याएका थिए । उनी ‘प्लेयर अफ द म्याच’ बने । उसका लागि ओपनर जयशस्वी जैसवालले २७ बलमा ५१ रन बनाउँदा अर्का आक्रामक ब्याट्सम्यान वैभव सूर्यवंशीले मात्र १६ बल खेल्दा पाँच छक्कासहित ४३ रन बनाएका थिए ।

पराजित पञ्जाब ८ खेल खेल्दा १३ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ । समान खेल खेलेको राजस्थान १२ अंकसहित तेस्रो स्थानमा छ । समान अंक भए पनि रनरेटका आधारमा आरसिबी दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ६ : २० बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव