चौबीस घण्टामा दुई हजार ७२२ जना सवारी चालक कारबाहीमा « Khabarhub

चौबीस घण्टामा दुई हजार ७२२ जना सवारी चालक कारबाहीमा


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार ७२२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आज बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा ट्राफिक प्रहरीले सञ्चालन गरेको चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने ४६, राइड सेयरिङमा २३६, रातोबत्तीमा १८१, तीव्र गतिमा १५४, लेनक्रसमा ३४२, सडक फुटपाथमा १३७, हर्न निषेधमा ५५, ओराल्ने र चढाउनेमा ५६, अन्यमा एक हजार ५१५ गरी कुल दुई हजार ७२२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘बितेको चौबीस घण्टाको अवधिमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ७२२ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट रु २७ लाख २७ हजार छ रुपैयाँ राजस्व सङकलन भएको छ ।’

मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागूूपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर  गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १२ : ३२ बजे

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा

वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण

नेपालगञ्ज– विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन

विपन्न परिवारलाई नयाँ घर

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको