काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेबाटै आगामी स्थानीय तहको निर्वाचन तयारी थालेको छ।
२०७९ वैशाखमा भएको स्थानीय चुनावको पाँच वर्षे कार्यकाल आगामी २०८४ सालमा पूरा हुँदैछ । यस्तोमा रास्वपाले स्थानीय तह र प्रदेश सभाको चुनाव एकै समयमा गर्ने गरी अहिलेबाटै आवश्यक तयारी अघि बढाएको हो ।
रास्वपाले प्रदेश सभा निर्वाचनमा पनि स्थानीय तहसँगै गर्ने योजनासहित अहिलेबाटै आवश्यक तयारीलाई अघि बढाएको छ।
त्यसका लागि बुधबार बसेको रास्वपा संसदीय दलको बैठकले स्थानीय तह निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति बनाएको छ।
उक्त समितिको संयोजकमा सह-महामन्त्री विपिनकुमार आचार्यलाई चयन गरिएको छ। त्यस्तै उक्त समितिको सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाालाई सचिव तोकिएको छ। उता संघीय सांसदहरूसहित अन्य ५ जना सदस्य रहेका छन् ।
रास्वपाले आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्वप्रशिक्षणको लागि वैशाख २० देखि क्यान्डिडेट क्लबको अभ्यास थाल्ने निर्णय पनि गरेको छ।
क्यान्डिडेट क्लबको अभ्यास थालिने भएकाले कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुरा र कसैलाई पनि कुनै प्रतिबद्धता नगर्न पनि रास्वपाले निर्देशन दिएको छ। ‘कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्नेछ’, रास्वपाले बुधबारको बैठकबाट भनेको छ।
यस्तो छ क्यान्डिडेट क्लब
१. श्री विपिन कुमार आचार्य (सह-महामन्त्री) संयोजक ९८५१२४८०६३
२. श्री रामकुमार (आरके) ढुंगाना (केन्द्रीय सदस्य) सचिव ९८५१०१२८७५
३. श्री समिक्षा बास्कोटा (केन्द्रीय सदस्य) सदस्य ९८५१०६७५०८
४. श्री के.पी. खनाल (केन्द्रीय सदस्य) सदस्य ९८५१०१९८०२
५. श्री कामिनी चौधरी (केन्द्रीय सदस्य) सदस्य ९८५१३२९६२१
६. श्री रामकृष्ण भट्टराई (केन्द्रीय सदस्य) सदस्य ९८५१०५६१२७
७. श्री डिल्लिश्वर कार्की (रोहन) (केन्द्रीय सदस्य) सदस्य ९८२४३४८०६४













प्रतिक्रिया