कांग्रेसले सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो, नयाँ जिम्मेवारी कमला पन्तलाई « Khabarhub

कांग्रेसले सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो, नयाँ जिम्मेवारी कमला पन्तलाई


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ। चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा सक्रिय भइरहेपछि सिटौलालाई दलको नेताबाट हटाइएको हो ।

कांग्रेसले सिटौलालाई माथिल्लो सदनमा दलको नेताबाट बिदा गरेर कमलादेवी पन्तलाई नयाँ जिम्मेवारी दिएको छ ।

‘कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा माननीय कमला देवी पन्तलाई नियुक्त गर्नु भएको छ’, वक्तव्यमा भनिएको छ, ‘धारा ७ (१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२) बमोजिम मुख्य सचेतकमा माननीय बासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निश्कल राईलाई मनोनयन गर्नु भएको छ ।’

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १२ : ५८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४