कांग्रेसले सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो, नयाँ जिम्मेवारी कमला पन्तलाई « Khabarhub

कांग्रेसले सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो, नयाँ जिम्मेवारी कमला पन्तलाई


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ। चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा सक्रिय भइरहेपछि सिटौलालाई दलको नेताबाट हटाइएको हो ।

कांग्रेसले सिटौलालाई माथिल्लो सदनमा दलको नेताबाट बिदा गरेर कमलादेवी पन्तलाई नयाँ जिम्मेवारी दिएको छ ।

‘कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा माननीय कमला देवी पन्तलाई नियुक्त गर्नु भएको छ’, वक्तव्यमा भनिएको छ, ‘धारा ७ (१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२) बमोजिम मुख्य सचेतकमा माननीय बासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निश्कल राईलाई मनोनयन गर्नु भएको छ ।’

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १२ : ५८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल