इरान बोल्यो : अहिले पनि अवस्था अझै युद्धजस्तै, डकैती आरोपमा अमेरिकाविरुद्ध राष्ट्र संघमा उजुरी « Khabarhub

इरान बोल्यो : अहिले पनि अवस्था अझै युद्धजस्तै, डकैती आरोपमा अमेरिकाविरुद्ध राष्ट्र संघमा उजुरी


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले देशको वर्तमान अवस्था अझै ‘युद्धजस्तै’ रहेको बताएको छ। प्रेस टिभीका अनुसार इरानी सेनाका प्रवक्ताले युद्ध पूर्ण रूपमा समाप्त नभएको स्पष्ट पारेका छन्।

इरानले अहिलेको अवस्थालाई सामान्य रूपमा नलिएको उल्लेख गर्दै उनले सेना र सुरक्षा निकायहरू निरन्तर निगरानी र उच्च सतर्क भएर सक्रिय रहेको बताएका छन्।

इरानले सम्भावित शत्रुपक्ष (अमेरिका र इजरायल) लाई चेतावनी दिँदै नयाँ कुनै कदम चालिए त्यसको जवाफ नयाँ हतियार, नयाँ रणनीति र नयाँ मोर्चाबाट दिने चेतावनी दिएको छ।

यसैबीच, इरानले अमेरिकाविरुद्ध संयुक्त राष्ट्र संघमा औपचारिक उजुरी दर्ता गरेको छ। तेहरान टाइम्सका अनुसार इरानले पठाएको पत्रमा अमेरिकामाथि आफ्ना जहाजहरू कब्जा गरेर ‘समुद्री डकैती’ गरेको गम्भीर आरोप लगाइएको छ।

त्यस्तै, इरानले केही दिनभित्र पाकिस्तानमार्फत् मध्यस्थकर्ताको सहयोगमा युद्ध अन्त्यका लागि नयाँ प्रस्ताव ल्याउने तयारी गरेको जनाएको छ। सीएनएनको रिपोर्टअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि प्रस्तुत प्रस्ताव अस्वीकार गरेपछि इरानले नयाँ पहल गर्न लागेको हो।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  २ : ३५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने