कांग्रेसको जिल्ला सभापतिबाट निलम्बनमा परे कान्छाराम « Khabarhub

कांग्रेसको जिल्ला सभापतिबाट निलम्बनमा परे कान्छाराम


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन उल्लंघनको आरोपमा निलम्बन गरेको छ।

पार्टीको केन्द्रीय अनुशासन समितिको निर्णयअनुसार उनलाई पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै स्पष्टिकरण सोधिएको थियो।

तर उनले दिएको जवाफ सन्तोषजनक र चित्तबुझ्दो नभएको निष्कर्ष निकाल्दै अन्तिम निर्णय नहुन्जेलसम्मका लागि निलम्बन गरिएको कांग्रेसले जनाएको छ।

समितिका अनुसार, अनुशासन उल्लंघनसम्बन्धी थप अनुसन्धान जारी रहनेछ र सो अवधिभर उनलाई सभापति पदमा काम गर्न नपाउने व्यवस्था गरिएको हो।

यसैबीच, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सम्बन्धित विषयमा भने सर्वोच्च अदालतको पछिल्लो फैसलापछि स्पष्टीकरण सोध्ने औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै उक्त प्रक्रिया तामेलीमा राखिएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ४ : ३२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल