रास्वपाको प्रस्टीकरण- तत्काल गर्नुपर्ने काम सहज बनाउन अध्यादेश ल्याएको हो « Khabarhub

रास्वपाको प्रस्टीकरण- तत्काल गर्नुपर्ने काम सहज बनाउन अध्यादेश ल्याएको हो


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले छिटो छरितो रुपमा तत्काल गर्नुपर्ने कामलाई सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याएको प्रस्ट पारेको छ ।  

सिंहदरबारमा बुधबार बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकले सरकारले ल्याएका अध्यादेशहरू कुनै व्यक्ति वा पार्टीलाई लाभ पुग्ने खालको नभई तत्काल गर्नुपर्ने कामलाई सहज बनाउनका लागि ल्याइएको प्रस्ट पारेको हो ।

बैठकपछि रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले एउटा व्यक्तिलाई या कुनै एउटा समूहलाई लाभ पुग्ने भन्दा पनि झन्झटिलो प्रक्रियाहरूबाट अगाडि बढ्ने सन्दर्भमा सरकारले अध्यादेश ल्याएको बताए ।

उनले सांसदहरूले भोग्नुपरेका समस्या, कानूनी सुधारका साथै आगामी आर्थिक वर्षको नयाँ बजेटका बारेमा समेत बैठकमा छलफल भएको जानकारी दिए  ।

त्यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेले जनताको मत जित्दै प्रभावकारी रुपमा काम गर्न सांसदहरूलाई निर्देशन दिनुभएको मुख्य सचेतक बुर्लाकोटीले बताए । 

उनले संघीय संसद्को अधिवेशन आह्वानका लागि पनि तयारी भइरहेको भन्दै यसबारे सरकारले छिटै निर्णय गर्ने जानकारी पाएको उल्लेख गरे ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ५ : ४८ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली