रास्वपाको प्रस्टीकरण- तत्काल गर्नुपर्ने काम सहज बनाउन अध्यादेश ल्याएको हो « Khabarhub

रास्वपाको प्रस्टीकरण- तत्काल गर्नुपर्ने काम सहज बनाउन अध्यादेश ल्याएको हो


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले छिटो छरितो रुपमा तत्काल गर्नुपर्ने कामलाई सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याएको प्रस्ट पारेको छ ।  

सिंहदरबारमा बुधबार बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकले सरकारले ल्याएका अध्यादेशहरू कुनै व्यक्ति वा पार्टीलाई लाभ पुग्ने खालको नभई तत्काल गर्नुपर्ने कामलाई सहज बनाउनका लागि ल्याइएको प्रस्ट पारेको हो ।

बैठकपछि रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले एउटा व्यक्तिलाई या कुनै एउटा समूहलाई लाभ पुग्ने भन्दा पनि झन्झटिलो प्रक्रियाहरूबाट अगाडि बढ्ने सन्दर्भमा सरकारले अध्यादेश ल्याएको बताए ।

उनले सांसदहरूले भोग्नुपरेका समस्या, कानूनी सुधारका साथै आगामी आर्थिक वर्षको नयाँ बजेटका बारेमा समेत बैठकमा छलफल भएको जानकारी दिए  ।

त्यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेले जनताको मत जित्दै प्रभावकारी रुपमा काम गर्न सांसदहरूलाई निर्देशन दिनुभएको मुख्य सचेतक बुर्लाकोटीले बताए । 

उनले संघीय संसद्को अधिवेशन आह्वानका लागि पनि तयारी भइरहेको भन्दै यसबारे सरकारले छिटै निर्णय गर्ने जानकारी पाएको उल्लेख गरे ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ५ : ४८ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई