न्युजिल्यान्ड र भारतबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता हुँदै, व्यापारिक क्षेत्रमा नयाँ ढोका खुल्ने « Khabarhub

न्युजिल्यान्ड र भारतबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता हुँदै, व्यापारिक क्षेत्रमा नयाँ ढोका खुल्ने


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन — न्युजिल्यान्ड र भारतबीच हुन लागेको स्वतन्त्र व्यापार सम्झौता हुँदैछ । यसले न्युजिल्यान्डका निर्यातकर्ताहरूका लागि करिब १.४ अर्ब जनसंख्या भएको विशाल बजारमा पहुँच पुर्‍याउने ‘पुस्तामा एक पटक आउने’ महत्त्वपूर्ण अवसर प्रदान गर्ने व्यापार तथा लगानी मन्त्री टोड म्याकलेले बताएका छन् ।

यो सम्झौता लागू भएपछि भारत निर्यात हुने न्युजिल्यान्डका ९५ प्रतिशत वस्तुहरूमा भन्सार शुल्क हट्ने वा कम हुनेछ । मन्त्री म्याकलेका अनुसार भेडाको मासु, ऊन र वनजन्य उत्पादन लगायतका ५० प्रतिशतभन्दा बढी सामग्रीहरूमा तत्कालै शून्य भन्सार शुल्क लाग्नेछ भने समयक्रममा यो सुविधा ८२ प्रतिशत वस्तुहरूमा विस्तार हुनेछ। यसले विश्वकै तीव्र गतिमा बढिरहेको अर्थतन्त्रमध्ये एक भारतमा न्युजिल्यान्डका व्यवसायीहरूलाई अन्य प्रतिस्पर्धी देशहरूसँग समान रूपमा प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ।

सम्झौतामा वस्तु निर्यातका साथै सीमित संख्यामा दक्ष भारतीय कामदारहरूलाई अस्थायी भिसामा न्युजिल्यान्ड प्रवेश दिने प्रावधान समेत राखिएको छ। यसका साथै किवी फल, स्याउ र मानुका मह जस्ता न्युजिल्यान्डका विशिष्ट उत्पादनहरूको पहुँच पनि भारतीय बजारमा सहज हुनेछ। व्यापारिक क्षेत्रले यसको स्वागत गरे पनि न्युजिल्यान्डको राजनीतिमा भने यसले केही विवाद निम्त्याएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ५ : २५ बजे

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य