सेन्सरमा असन्तुष्टिबीच हलमा ‘रोल नम्बर १’, पहिलो दिन १५० भन्दा बढी शो « Khabarhub

सेन्सरमा असन्तुष्टिबीच हलमा ‘रोल नम्बर १’, पहिलो दिन १५० भन्दा बढी शो


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक मुकुन भुसाल, नायिका रेणनाथ योगी र बाल कलाकार निर्भिक रेग्मी शीर्ष भूमिकामा रहेको फिल्म ‘रोल नम्बर १’को बुकिङ खुला भएको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मको बुकिङ बिहीबारबाटै खुलेको थियो ।

वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका अनुसार यो फिल्मले प्रदर्शनको पहिला दिनका लागि १५० भन्दा बढी शो पाएको छ ।

पाँच फिल्म हलमा रहेको र ती मध्येको ‘लालीबजार’ले राम्रो अकुपेन्सी पाएको अवस्थामा यसलाई विभाजन गरिएको शो सन्तोषजनक हो ।

यो फिल्मले सेन्सरबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । अर्थात्, १२ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावको निगरानीमा यो फिल्म हेर्नुपर्ने छ ।

शैक्षिक मुद्दामा बनेको यो फिल्म स्कुलका बालबालिका केन्द्रित गरी बनाएको बुझिएका छ । त्यसैले निर्माण टिमले विद्यालय केन्द्रित रहेर प्रचार गरेको थियो ।

बहुसंख्य विद्यार्थीहरूलाई फिल्म देखाउन समस्या भएपछि निर्माण टिम सेन्सर बोर्डसँग असन्तुष्ट रहेको छ । सेन्सर बोर्डका सदस्य मनोज पण्डितसँग निर्माण टिमले खुलेरै असन्तुष्टि राखेको छ ।

मनोज लक्षित गर्दै निर्माण टिमले फिल्म नबुझेका मान्छे सेन्सर बोर्डका पुगेको भन्दै असन्तुष्टि राखेको हो । यस फिल्मका निर्देशक जोय योञ्जन हुन् ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  २ : ०४ बजे

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही

हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय

काठमाडौं महानगरमा आगामी आवका लागि बहाल करको दर हेरफेर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ

नेपालगन्ज– यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच