आज २०८३ साल जेठ १५ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ १५ गते शुक्रबारको राशिफल


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल जेठ १५ गते शुक्रबार अधिक जेठ शुक्ल पक्षको त्रयोदशी तिथि। गणतन्त्र दिवस/अन्तर्राष्ट्रिय सगरमाथा दिवस। तदनुसार सन् २०२६ मे २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : आजको समय राम्रो छ। आम्दानी हुनेछ। चिट्ठा पर्ने योग छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ। साथीसँगको सम्बन्ध मजबुत बन्नेछ ।

वृष : दिन सामान्य राम्रो छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा रमाइलो भेटघाट र छलफल हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत भएर काम गर्नुपर्ने दिन छ।

मिथुन : आज पठनपाठनमा मन जानेछ। हराएको सामान भेट्न सकिन्छ। सुरुवात गरेका काम नियमसंगत भए सफलता मिल्नेछ। परिवारका बौद्धिक सदस्यसँग मिलेर काम गर्नु राम्रो हुन्छ। सहकार्यबाट गरेको कामबाट नाफा होला ।

कर्कट : जेागिएर काम गर्नुपर्ने दिन छ। पुरानो रोगको प्रकोप बढ्ने जोखिम छ। खानपानमा ख्याल गर्नुपर्ला। आफन्तबाट अपमानित हुने योग छ। तर गुरुको माया पाइनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह : दैनिकी सामान्य राम्रो छ। खर्च बढ्दा मनमा तनाव बढ्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीले मन खुशी हुनेछ। परिवारमा भने पर्ख र हेरको अवस्था बन्नसक्छ। राज्यबाट भयको जोखिम छ। हरेक काम गर्दा तीन पटक सोच्नु पर्ने दिन छ ।

कन्या : समय राम्रो छ। श्रम गरेको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनसक्छ। परिवारसँगको सम्बन्धले उत्साह थप्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ । स्वास्थमा लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी र श्रमबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ। सामाजिक क्षेत्रमा विरोध गर्नेहरु सक्रिय भएकाले सचेत भएर काम गर्नु राम्रो हुन्छ।

वृश्चिक : दिन सामान्य छ । आज ठूलो काममा हात नलगाउनु उचित हुनेछ। सामाजिक काम गर्दा सचेत बन्नुपर्नेछ। परिवार र प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने छ ।

धनु : आर्थिक अवस्था सबल बन्नेछ। लगानीको क्षेत्रमध्ये शिक्षामा फाइदा हुनेछ। बोलीको प्रभाव रहनेछ। परिवारको साथ र माया मिल्नेछ। मनमा उत्साह मिल्नेछ । व्यापारमा थप मिहिनेतको खाँचाे छ ।

मकर : प्रगति गर्ने समय आएको छ। शिक्षामा सफलता मिल्नेछ। बोलीमा नम्रता आवश्यक छ। अरुको सेवा गर्ने मौका मिल्नसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : झैझगडा हुन सक्ने भएकाले आज थोरै मात्र बोल्नु उपयुक्त हुन्छ। सञ्चित धनको खर्च हुने योग छ। आज ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। धार्मिक क्षेत्रमा भने लाभ मिल्नेछ।

मीन : आर्थिक क्षेत्रमा उन्नति र प्रगति हुनेछ। बोल्दा सोच्नु राम्रो हुन्छ। सामाजिक सेवा गर्ने मौका मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनसक्छ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : १० बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप