हावाहुरीले वायु सेवा निगम परिसरमा रूख ढलेपछि… « Khabarhub

हावाहुरीले वायु सेवा निगम परिसरमा रूख ढलेपछि…


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार साँझ आएको हावाहुरीसहितको वर्षाका कारण नेपाल वायु सेवा निगमको परिसरमा रूख ढलेको छ ।

साँझ करिब ८ बजेतिर निगम परिसरभित्र रहेको ठूलो रूख ढलेपछि गेट र पर्खालमा क्षति पुगेको निगमले जनाएको छ । घटनापछि काठमाडौं महानगरपालिकाको सहयोगमा ढलेको रूख हटाउने काम भइरहेको छ ।

निगमका अनुसार घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन । हावाहुरीका कारण रूख ढल्दा केही समय परिसरभित्र आवतजावतमा समस्या भएको थियो ।

पछिल्ला दिनमा काठमाडौं उपत्यकामा लगातार वर्षा र हावाहुरी भइरहेको छ । 

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ९ : १६ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय