सगरमाथा दिवसमा आयोजित प्रभातफेरि (तस्बिरहरू)  « Khabarhub

सगरमाथा दिवसमा आयोजित प्रभातफेरि (तस्बिरहरू) 


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा मनाइने ‘सगरमाथा दिवस’ विशेष कार्यक्रम आज विभिन्न कार्यक्रमसहित आयोजना गरिएको छ । 

नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरोकारवाला निकायहरूको संयुक्त रुपमा आयोजना गरिएको  कार्यक्रम  कर्मचारी सञ्चय कोष परिसरबाट प्रभातफेरि गरी जमलस्थित नाचघरमा पुगी औपचारिक कार्यक्रम गरिएको हो । 

उद्‌घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रमुख अतिथिका रूपमा सहभागिता रहेको थियो  ।  कार्यक्रममा सगरमाथा आरोहण, पर्यटन तथा हिमाल संरक्षण क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सम्मान तथा अभिवादन समेत गरिएको थियो ।

हरेक वर्ष मे २९ तारिखका दिन सगरमाथा दिवस मनाउने गरिन्छ । सन् १९५३ मा यही दिन न्यूजिल्यान्डका सर एडमन्ड हिलारी र नेपाली शेर्पा तेन्जिङ नोर्गेले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता यो दिन नेपालमा विशेष महत्वका साथ मनाइँदै आएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ९ : ४० बजे

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना