सगरमाथा दिवसमा आयोजित प्रभातफेरि (तस्बिरहरू)  « Khabarhub

सगरमाथा दिवसमा आयोजित प्रभातफेरि (तस्बिरहरू) 


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा मनाइने ‘सगरमाथा दिवस’ विशेष कार्यक्रम आज विभिन्न कार्यक्रमसहित आयोजना गरिएको छ । 

नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरोकारवाला निकायहरूको संयुक्त रुपमा आयोजना गरिएको  कार्यक्रम  कर्मचारी सञ्चय कोष परिसरबाट प्रभातफेरि गरी जमलस्थित नाचघरमा पुगी औपचारिक कार्यक्रम गरिएको हो । 

उद्‌घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रमुख अतिथिका रूपमा सहभागिता रहेको थियो  ।  कार्यक्रममा सगरमाथा आरोहण, पर्यटन तथा हिमाल संरक्षण क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सम्मान तथा अभिवादन समेत गरिएको थियो ।

हरेक वर्ष मे २९ तारिखका दिन सगरमाथा दिवस मनाउने गरिन्छ । सन् १९५३ मा यही दिन न्यूजिल्यान्डका सर एडमन्ड हिलारी र नेपाली शेर्पा तेन्जिङ नोर्गेले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता यो दिन नेपालमा विशेष महत्वका साथ मनाइँदै आएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ९ : ४० बजे

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच

अध्यापक अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

काठमाडौं- लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

बग्दाद– इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो