चीनका अवार्ड विजेता ६ फिल्म काठमाडौंमा प्रदर्शन हुने « Khabarhub

चीनका अवार्ड विजेता ६ फिल्म काठमाडौंमा प्रदर्शन हुने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभिन्न संस्करणको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ठ ठहर भएका चिनियाँ चलचित्रहरू नेपालमा प्रदर्शन हुने भएका छन् ।

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा‘ अन्तर्गत रहेर आगामी जुन २ देखि ४ सम्म ६ अवार्ड विजेता चिनियाँ फिल्म काठमाडौंमा देखाइने भएको हो ।

चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर फिल्म प्रदर्शजन गर्ने तय भएको हो ।

यसका लागि काठमाडौंस्थित चिनियाँ सास्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको छ।

ठमेलस्थित छायाँ सेन्टरमा ६ वटै फिल्महरू सशुल्क प्रदर्शन गरिने व्यवस्थापक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।

चिनियाँ चलचित्र उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार हुने उद्देश्यका साथ आफूहरू जोडिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।

अध्यक्ष पाठकले भने, ‘चिनियाँहरू नेपाली बजारमा आकर्षित भइरहेको पाइन्छ । जसका कारण नेपाली चलाचित्रकर्मीहरूलाई चीन भ्रमण गराउने तथा चीनमा नेपाली चलचित्रको महोत्सव गराउने कार्यमा चिनियाँ सहयोग बढ्न थालेको छ । हामीले पनि चिनियाँ चलचित्रहरूलाई नेपाली दर्शकमाझ प्रदर्शनमा सहकार्य गरेर दुई देशका चलचित्रकर्मीबीच सम्बन्ध विस्तार होस् भन्ने पक्षमा केन्द्रित छौं । नेपाली चलचित्र चीनको ठूलो बजारमा प्रवेश गर्ने माध्यम यस्तै कार्यक्रमहरू उपयुक्त अवसर बन्न सक्छन् भन्ने ठानेर बिगत लामो समयदेखि हामी अभियानमा छौं र त्यो समय नजिक आयो भन्ने हामीलाई लागेको छ।’

जनु २ (जेष्ठ १९) मा प्रदर्शन हुने फिल्म

कार्यक्रमको पहिलो दिन तीन फिल्म देखाइने तालिका रहेको छ । बिहान साढे ११ बजे सुरु हुने यस कार्यक्रम मा पहिलो फिल्म ट्रयाप् प्रदर्सन हुने छ जुन सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध हुनुभन्दा एक वर्षअघि जेलबाट भागेको एक गुण्डाले सहरमा बिताण्डा मच्चाएको कथामा आधारित छन् ।

क्राइम थ्रिलर जनरामा बनेको यस फिल्मको निर्देशक सागर झाङ हुन् । यसले बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट पटकथा र सह-अभिनेताको अवार्ड जितेको थियो । निर्देसक झाङ्ग को दर्सक संग प्रश्नोत्तर पनि हुने जनाइएको छ।

दिउँसो ३ बजे प्रदर्शन सुरु हुने झिहाई लिउद्वारा निर्देशित फिल्म ‘बियोन्ड द स्काइज’ युद्धको कथामा बनेको फिल्म हो ।

बेलुको ५ बजेबाट प्रदर्शन हुने फिल्म ‘समर डायरी’ का निर्देशक वु शुआङ हुन् । आमाको खोजीमा निस्किएका एक पात्रको यात्रामा यो फिल्म बनेको छ ।

अन्य चलचित्र (जेष्ठ २०-२१)

रुई कुई र सियाङ लिउ निर्देशित फिल्म ‘लस्ट इन द स्टार’ प्रदर्शन हुने तालिका छ । यो फिल्म गर्भवती महिला हराएको रहस्यमी घटनामा आधारित छ ।

’द स्याडोलेस टावर’ झाङ लु निर्देशित यस फिल्म प्रेम कथामा आधारीत छ ।

दाशाङ कोङ निर्देशित साइन्स फिक्सन फिल्म ‘जर्नी टु द वेस्ट’ प्रदर्शन हुनेछ । एलियनको खोजीको कथामा बनेको यो फिल्म ब्यङ्ग्यात्मक वृत्तचित्र शैलीमा बनेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ११ : ४५ बजे

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही

हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय

काठमाडौं महानगरमा आगामी आवका लागि बहाल करको दर हेरफेर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ

नेपालगन्ज– यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो