उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता « Khabarhub

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता भएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा दुवै पक्षबीच सातबुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दर्विराम परियारले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार दुवै पार्टीले जनआन्दोलनको मर्म, सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वको मुद्दालाई साझा राजनीतिक एजेण्डाका रूपमा अघि बढाउने भएका छन् । साथै भ्रष्टाचार र कुशासनविरुद्ध संयुक्त रूपमा संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ ।

दलित समुदायमाथि हुने जातीय विभेद, छुवाछूत, अपमान र बहिष्करण अन्त्यका लागि नीतिगत तथा व्यवहारिक पहल गर्ने सहमति पनि भएको छ । राज्यका निकाय र पार्टी संगठनमा दलित समुदायको जनसंख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित गर्ने विषय सहमति पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  १२ : १३ बजे

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका

भोटेकोशी बाढी : पोखरामा २१ शवको सनाखत

कास्की– रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण