बजेट भाषण सुन्‍न संसद् पुगे प्रधानमन्त्री वालेन्द्र « Khabarhub

बजेट भाषण सुन्‍न संसद् पुगे प्रधानमन्त्री वालेन्द्र


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अपराह्न आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण गर्दैछन् ।

बजेट भाषणको दिन प्रधानमन्त्री वालेन्द्र शाह संसद्को संयुक्त बैठकमा उपस्थित भएका छन्। तर उनले बोल्ने कार्यक्रम भने छैन।

प्रधानमन्त्रीका एकजना सहयोगीका अनुसार अहिले बालेन सदनमा पुगेका छन् । उनी उही कालो पोशाकमा संसद् पुगेका हुन् ।

‘प्रधानमन्त्रीज्यू कार्यालयबाट सदन जानु भएको छ। आज उहाँ सदनमा उपस्थित हुनु भएको’, सचिवालयका ती सदस्यले भने, ‘हामीले यसबारे संसद् सचिवालयमा जानकारी गराइसकेका छौं।’

सभामुखको सचिवालयका एक सदस्यले पनि प्रधानमन्त्री शाह सदनमा आएको जानकारी दिए ।

२०८२ चैत्र १३ गते प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र अहिलेसम्म सदनमा उभिएर बोलेका छैनन्। उनी राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम गत वैशाख २८ गते प्रस्तुत गर्दा बीचमै उठेर हिँडेका थिए ।

उनको त्यो हर्कतको चर्को विरोध भएको थियो । त्यसपछि प्रतिपक्षी दलहरूले सदनमा निरन्तर वालेन्द्रको खोजी गरेका छन् ।

तर पनि आफ्नो कार्यालयबाट २ सय मिटर दूरीको सदनमा उनी गएका थिएनन्। तर उनी सदनमा उपस्थित भएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ४ : ०८ बजे

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता