बजेट भाषण सुन्न प्रधानमन्त्री सदन जाँदै « Khabarhub

बजेट भाषण सुन्न प्रधानमन्त्री सदन जाँदै


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णम वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दैछन् । बजेट भाषणका बेला प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित हुने भएका छन् । तर उनले बोल्ने कार्यक्रम भने छैन । प्रधानमन्त्रीका सचिवालय सदस्यले दिएको जानकारी अनुसार अहिले प्रधानमन्त्री बालेन सदन पुग्नका लागि तयारी गरिरहेका छन् ।

‘प्रधानमन्त्री कार्यालयबाट सदन जाने तरखरमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ । आज उहाँ सदनमा उपस्थित हुनुहुन्छ ।’ सचिवालयका एक सदस्यले खबरहबसँग भने, ‘हामीले यसबारे जानकारी गराइसकेका छौँ ।’

सभामुखको सचिवालयका एक सदस्यले पनि प्रधानमन्त्री सदन आउने जानकारी आफूहरुलाई भएको बताए । चैत्र १३ गते प्रधानमन्त्री नियुक्ति भएका वालेन्द्र शाह अहिलेसम्म सदनमा उपस्थित भएर बोलेका छैनन् । उनी राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि केही समय सदन बसेर निस्किएका थिए ।

त्यसपछाडि प्रतिपक्षले बालेन्द्रको सदनमा निरन्तर खोजी गरेपनि उनी उपस्थित भएका थिएनन् । आजको सदनमा भने प्रधानमन्त्री उपस्थित हुने जानकारी गराइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ४ : ०६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का