कुन राजमार्गका लागि कति बजेट छुट्याए स्वर्णिमले ? « Khabarhub

कुन राजमार्गका लागि कति बजेट छुट्याए स्वर्णिमले ?


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको संघीय सरकारले आगामी आगामी वर्षमा एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार दिउँसो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हु्न्।

उनले उक्त अवधिमा २७५ पुल निर्माण गरिने बताएका छन् । उनले पूर्व-पश्चिम राजमार्ग विस्तार ५ वर्षभित्र सम्पन्न गरिने बताए । आगामी वर्ष पूर्वपश्चिम राजमार्ग ८० किलोमिटर विस्तार गरिने बताएका छन् । उनले उक्त विस्तार कार्यक्रमको लागि ३७ अर्ब ४६ करोड बिनियोजन गरिएको उनले बताए ।

उता काठमाडौं-मधेश द्रूत मार्गमा आागमी वर्ष ४० वटा पुल र ५.४० किलोमटिरट सुरूङ मार्ग निर्णमा गरिने उनले बताए । हाल नेपाली सेनाले निर्माण ठेक्का लिएको यो आयोजनाका लागि १७ अर्ब ६४ करोड विनियोजन गरिएको छ ।

अर्कातिर हुलाकी राजरमार्ग निर्माण पनि तीन वर्षमा सकिने उनले बताएका छन । वाग्लेले घना वस्तीबाट उक्त सडक विस्तार तीव्र पारिने बताए । जसमा ८ वटा सडक पुल बनाउन ४ अर्ब ६५ करोड बजेट छुट्याएको उनले बताए।

उता कर्णाली राजमार्ग निर्माणका लागि १ अर्ब बजेट छुट्याएको उनले बताए। उक्त बजेट सुर्खेत-जुम्ला खण्ड स्तरोन्नतिमा खर्च गरिने बताए ।

अर्कातिर पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड बजेट छुट्याएको उनले बताएका छन् ।

मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्र पार्न १ अर्ब ४६ करोड बजेट छुट्याएको उनले बताए। त्यस बजेटबाट २५ किलोमिटर सडक पिच गरिने वाग्लेले बताए ।

अर्कातिर चीन जोड्ने गल्छी-स्याफ्रुबेसीलाई १ अर्ब ३७ करोड बजेट छुट्याएको पनि उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ५ : १४ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक