पुँजीबजार सुधारमा सरकारका ठूला घोषणा, पुँजीगत लाभकर अन्तिम कर हुने, खुल्यो एनआरएनएलाई लगानी ढोका « Khabarhub

पुँजीबजार सुधारमा सरकारका ठूला घोषणा, पुँजीगत लाभकर अन्तिम कर हुने, खुल्यो एनआरएनएलाई लगानी ढोका


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पुँजीबजार र लगानीकर्तालाई लक्षित गर्दै महत्त्वपूर्ण नीतिगत सुधार घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर (सीजीटी) लाई अन्तिम करका रूपमा व्यवस्था गरिने घोषणा गरे ।

लामो समयदेखि शेयर लगानीकर्ताले उठाउँदै आएको मागलाई सरकारले बजेटमार्फत सम्बोधन गरेको हो ।

सरकारले गैरआवासीय नेपाली (एनआरएनए) लाई दोस्रो बजारमा सहभागी गराउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्था परिमार्जन गर्ने जनाएको छ ।

विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता तथा पुँजीगत लाभकरसम्बन्धी व्यवस्थालाई समयानुकूल बनाइने अर्थमन्त्री वाग्लेले बताए ।

बजेटमार्फत व्यक्तिगत आम्दानीमा कर संरचनामा पनि परिवर्तन गरिएको छ । १० लाख रुपैयाँसम्मको व्यक्तिगत आम्दानीमा न्यून कर दर कायम गरिएको सरकारको दाबी छ । साथै, अधिकतम आयकर दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा झार्ने घोषणा गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गर्दै इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङजस्ता आधुनिक कारोबार प्रणाली सुरु गर्ने घोषणा पनि बजेटमा गरिएको छ ।

सरकारले यी निर्णयले कर प्रणालीलाई थप न्यायपूर्ण, लगानीमैत्री र उत्पादनमुखी बनाउने विश्वास व्यक्त गरेको छ ।

बजेटमा गरिएको व्यवस्थाले पुँजीबजार विस्तार, वैदेशिक लगानी आकर्षण र निजी क्षेत्रको मनोबल बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : ५७ बजे

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर