बालेनकै शैलीमा संसद्‍ बङ्क गरेका हर्कले लेखे, ‘यो सरकार हो कि घरजग्गा व्यापारी ?’ « Khabarhub

बालेनकै शैलीमा संसद्‍ बङ्क गरेका हर्कले लेखे, ‘यो सरकार हो कि घरजग्गा व्यापारी ?’


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य वाचन भइरहँदा श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसद् छाडेर बाहिरिएका छन् ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठक हलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण गरिरहँदा हर्कराज राई उठेर हिँडेका हुन् ।

गत वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बीचमै संसद् छाडेकै शैली उनले पनि अपनाए ।

बालेनले नीति तथा कार्यक्रमका बेला निस्किए पनि शुक्रबार बजेट कार्यक्रममा भने पूरै समय बसेका थिए । तर हर्कराज राईले भने बजेट भाषणकै क्रममा संसद् बंक गरेर बाहिरिए ।

संसद्बाट बाहिरिएपछि सांसद राईले आफ्नो फेसबुक पेजमा बजेट र प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै द्रुत गतिमा स्टाटस लेखे । उनको १४ लाख फलोअर भएको पेजमा पाँचवटा स्टाटस बजेट र प्रधानमन्त्रीबारे थिए ।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै कडा स्टाटस लेखे । ‘बहुलाएछ अर्थमन्त्री ! ‘राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत १०० वटा घर बनाएर बेच्ने ?’ सरकार हो कि घरजग्गा व्यापारी ?’, उनले लेखे ।

उनले अर्को स्टाटसमा युवाहरूलाई न्यूनतम तलबसहितको रोजगारी नदिने तर सरकारी कर्मचारीको तलब बढाउने कदमको उनले विरोध गरे । भने, ‘सरकारले केही नयाँ स्थापना नगर्ने तर भएका सरकारी निगम र प्राधिकरणहरूलाई नीजिकरण गरी बेच्ने अर्थमन्त्रीको नीति हामी लागू हुन दिने छैनौं । यस्तै पारा हो भने देशमा सरकारी संस्थान भन्ने केही बाँकी रहने छैन ।’

प्रधानमन्त्री वालेन्द्र शाहबारे पनि उनी चुप बस्न सकेनन्। सुरूमा लेखे, ‘खोपीको देवतालाई बाहिर निकालियो, आज अब बोल्न लाउनेछु ।’

तर बजेट भाषण चल्दै गर्दा निस्किएपछि उनले अर्को स्टाटसमा प्रधानमन्त्री संसद्मा आउनु नै मुख्य कुरा भएको तर्क गरे।

‘प्रधानमन्त्री आए, जवाफदेही बनाउने मेरो दबाब हो । त्यसैले उनैले सुनून्, उनका बजेट भाषण भनेर हिँडेँ मचाहिँ ! नीति तथा कार्यक्रम नसुनेको प्रधानमन्त्रीले बजेट भाषण सुने’, उनको अर्को स्टाटसमा लेखियो ।

संसद्मा प्रधानमन्त्री खोज्दै सबैभन्दा चर्को विरोध गर्ने श्रमसंस्कृति पार्टी हो । उसले बालेनको खोजी गर्दै पटक पटक संसद् अवरोधसँगै बहिष्कार नै गर्दै आएको छ । श्रमसंस्कृतिले मोर्चा कसेपछि अहिले सबै विपक्षी संगठित भएर बालेनको विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ६ : ३६ बजे

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि