बजेट आधारभूत तहको पक्षमा छैन, पपुलिस्ट छ : अर्थविद् « Khabarhub

बजेट आधारभूत तहको पक्षमा छैन, पपुलिस्ट छ : अर्थविद्


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ल्याएको बजेट आधारभूत तहको पक्षमा नभएको र पपुलिजम भएको अर्थ विद्धहरूले बताएका छन् । बजेटपछि प्रतिक्रिया दिँदै अर्थविद्हरूले बजेटको आकार ठूलो भएको र विनियोजनको प्याटर्न पनि पुरानै भएको बताए ।

पूर्व अर्थमन्त्री तथा अर्थविद् डा युवराज खतिवडाले सरकारले ल्याएको बजेट मध्यमवर्गको हितमा आएको र आधारभूत वर्गलाई हेर्ने काम नभएको भनेर टिप्पणी गरेका छन् । साथै, डा खतिवडाले बजेट विनियोजनको प्याटर्न पनि पुरानै रहेको बताए ।

‘बजेट एलोकेसन प्याटर्न हेर्ने हो भने मोटामोटी उस्तै छ, शिक्षाको बजेट १०÷११ प्रतिशत नै छ, स्वास्थ्यको बजेट ४/५ प्रतिशत नै छ, हिजो हामीले निःशुल्क शिक्षा माध्यमिक तहसम्म पुर्याउँछौँ भनेर नीति तथा कार्यक्रममा नै भनिएको थियो, हामीले बजेटमा हेरौँला भनेका थियौँ, अहिले त देखिसकियो, स्वास्थ्यका कुरा पनि देखिसकियो’, उनले भने, ‘आधारभूत मौलिक हकका कुरालाई हामीले पन्छाइरहेका छौँ र निजी क्षेत्रलाई ड्राइभ गरेपछि सबै कुरा हुन्छ भन्ने आर्थिक वृद्धिको एउटा मोडेल पछ्याउनुभएको छ स्वर्णिम वाग्लेले त्यो भनेको के हो सबै कुरा हल हुँदै जान्छन्, हामीले देखेको समन्यायिक वृद्धिको लागि पर्याप्त शर्त होइन है ।’

डा खतिवडाले बजेट कार्यान्वयनमा जाँदा दिइएको कर छुटबाट नै एक खर्बदेखि डेढ खर्ब राजस्वमा नै कम हुने उनले बताए । साथै, उनले ३ खर्ब भन्दा बढी विदेशी सहायता परिचालना गर्ने नीति सरकारले लिएकोमा पनि महत्वकांक्षी भएको बताए ।

त्यस्तै, उनले ६ प्रतिशतको मूल्यवृद्धि गर्दा कुन वर्गलाई फाइदा हुन्छ भनेर पनि प्रश्न गरेका छन् ।

‘मध्यमवर्गको बजेट हो, मध्यमवर्गलाई हेरिएको छ, आधारभूत वर्गलाई हेरिएको छैन, आधारभूत वर्गको सरक्षण गर्ने कसरी हो ? उहाँले पछि यसको जवाफ दिनुहोला’, डा खतिवडाले भने ।
साथै, डा खतिवडाले २० खर्ब भन्दा बढीको बजेट भएकाले बजेटमा राजनीतिक प्रभाव बढी भएको पनि बताए ।

त्यस्तै, प्राध्यापक डा कुशुम शाक्यले वर्तमान सरकार आन्दोलनको बीचमा भएको चुनावबाट आएको हुँदा सबैको अपेक्षा धेरै भएको र सोही अनुसार बजेट पपुलिस्ट भएको बताएकी छन् । डा. शाक्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट पुरानै अवस्थामा रहेको बताउँदै आधारभूत क्षेत्रमा बजेट पर्याप्त नभएको उनले बताइन् ।

‘शिक्षा र स्वास्थ्यलाई प्राथमिकता नगरिकन केहीपनि हुन सक्दैन, शिक्षा र स्वास्थ्यमा पुगेन’, उनले भनिन् । साथै, वर्तमान बजेटले उच्च शिक्षा पढ्नेलाई सम्बोधन नगरेको पनि बताइन् ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ७ : २० बजे

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति