बाबुरामको प्रतिक्रिया : बजेट भाषण सुन्दा ‘रोमाञ्चक अनुभूति’ भयो « Khabarhub

बाबुरामको प्रतिक्रिया : बजेट भाषण सुन्दा ‘रोमाञ्चक अनुभूति’ भयो


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको प्रस्तुति र भाषाशैलीलाई नयाँ तथा आकर्षक भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले गोरखाको गाउँमा बसेर अर्थमन्त्रीको बजेट भाषण सुन्दा ‘रोमान्चक अनुभूति’ भएको बताएका हुन् ।

उनले बजेटको शब्द चयन र प्रस्तुति नयाँ रहेको उल्लेख गर्दै नीति तहमा नयाँ प्रविधिमैत्री पुस्ता, निजी क्षेत्र, विदेशमा रहेका नेपाली तथा कर्मचारीलाई आकर्षित गर्ने प्रयास गरिएको बताएका छन् ।

भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना अधिकारसम्पन्न प्राधिकरणमार्फत निर्माण गर्ने घोषणा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उक्त मोडालिटी आफूले सुरुमै प्रस्ताव गरेको भन्दै लामो अन्योलपछि त्यसतर्फ सरकार गएकोमा केही सन्तोष लागेको उल्लेख गरेका छन् ।

तर बजेटको समग्र संरचनात्मक पक्षमा भने उनले प्रश्न उठाएका छन् । आय–व्ययको अनुपात, राजस्वको स्रोत, क्षेत्रगत विनियोजन तथा वित्तीय संघीयताको ढाँचामा खासै परिवर्तन नदेखिएको उनको टिप्पणी छ ।

उनले बजेट वक्तव्यमा उल्लेख गरिएको संरचनात्मक सुधारको नयाँ चरण कसरी पूरा हुन्छ भन्नेमा आशंका व्यक्त गर्दै निरन्तरताभन्दा फरक खालको स्पष्ट क्रमभंगता नदेखिएको बताएका छन्। यद्यपि उनले बजेटका लागि शुभकामना दिएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ८ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको