बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाइने « Khabarhub

बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाइने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

बागमती – सरकारले बजेटमा बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाउने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै उक्त योजना अघि सारेका छन् ।

मकवानपुरको हेटौँडालाई औद्योगिक र प्रविधिको हब बनाउने योजना अघि सारिएको छ । काठमाडौँ उपत्यकालाई आधुनिक सहरको रूपमा विकास गर्न ‘भिजन २०४०’ को योजना अघि सारिएको छ ।

सरकारले काठमाडौँको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युटर केन्द्र’ स्थापना गर्ने घोषणा गरेको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेसन र स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम सुरु गरिनेछ ।

काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा सहुलियत, धुलिखेल र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको रुपमा स्तरोन्नति गर्ने घोषणा गर्नुहुँदै अर्थमन्त्री वाग्लेले बागमती प्रदेशको राजधानी हेटौँडामा २.५ मेगावाट क्षमताको ‘ग्रिन हाइड्रोजन’ पाइलट प्रोजेक्ट सुरु गरिने घोषणा गरे ।

मकवानपुरको मयुरधाप औधोगिक क्षेत्रलाई निजी क्षेत्रमार्फत निर्माण र सञ्चालन गर्ने घोषणा गर्दै हेटौँडा–नारायणगढ सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ । भरतपुर विमानस्थलकोे विस्तार गरी रात्रिकालीन उडान सुरु गरिनेछ । मानव विकास सूचकाङ्कमा पछाडि परेका चेपाङ समुदायका लागि चितवनमा आवासीय सुविधासहितको नमूना विद्यालय सञ्चालन गरिनेछ ।

आगामी आव २०८३/८४ मा विभिन्न सुरुङ मार्गहरूको अध्ययन र निर्माणको घोषणा गरेको सरकारले धादिङको नागढुङ्गा–मुग्लिन सडकखण्डको स्तरोन्नति र नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने योजना अघि बढाएको छ ।

हेटौँडालगायतका प्रमुख सहरहरूमा खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको सरकारले हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने र हेटौँडा–रातमाटे–लप्सीफेदी प्रसारण लाइन निर्माणलाई तीव्रता दिने घोषणा गरेको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापनका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायतका निकायलाई गाभेर एकीकृत संरचना बनाउने घोषणा गरेको छ ।

सिन्धुलीको सुनकोशी मरिन डाइभर्सनको कामलाई तीव्रता दिने, नुवाकोट रसुवा जोड्ने गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको सरकारले सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समाधानका लागि याङ्ग्री र लार्केखोलाबाट पानी पथान्तरण गर्न अध्ययन सम्पन्न गर्नेगरी बजेट विनियोजना गरेको छ ।

सरकारले ल्याएको बजेट समग्रमा राम्रो भएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदराज रानाभाटले प्रतिक्रिया दिए ।

‘हामीले वर्षांदेखि उठाउँदै आएका कर छुटलगायतका विषयलाई बजेटले सम्बोधन गरेको छ’, अध्यक्ष रानाभाटले भने, ‘समग्रमा निजी स्रोतलाई उत्साहित बनाउने खालको बजेट सरकारले ल्याएको छ, अब यसको कार्यान्वयन कसरी हुन्छ भन्ने ठूलो कुरो हो ।’

आर्थिक सङ्कटसँग जुध्दै आएको र जीर्ण अवस्थामा रहेका हेटौँडा सिमेन्ट उद्योगलगायतका सरकारी उद्योगहरू सञ्चालनका लागि अध्ययन गरी लगानी व्यवस्थापन गर्ने सरकारको घोषणाले स्थानीयमा केही आशा जगाएको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ९ : ४८ बजे

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको