विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू « Khabarhub

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप २०२६ को समूह चरणका खेल सकिएका छन्। तीन देशमा गरी कुल ७२ खेल सम्पन्न भएसँगै प्रतियोगितामा सहभागी ४८ टिममध्ये उत्कृष्ट ३२ टिमले नकआउट चरणमा स्थान पक्का गरेका छन् । यस क्रममा फुटबलको महाकुम्भमा केही पुराना कीर्तिमान तोडिएका छन् भने नयाँ नायकहरूको उदय भएको छ ।

तीनै देशमा खटिएका बीबीसीका खेल पत्रकारको समीक्षाअनुसार समूह चरणमा फ्रान्स सबैभन्दा उत्कृष्ट र खतरनाक टिमका रूपमा देखिएको छ भने ३९ वर्षको उमेरमा पनि अर्जेन्टिनाका लियोनेल मेसीको जादु कायम छ ।

उत्कृष्ट टिम फ्रान्सको दबदबा अर्जेन्टिनाको बलियो चुनौती
बीबीसीका अधिकांश विश्लेषकले फ्रान्सलाई यस पटकको मुख्य दाबेदार मानेका छन् । फ्रान्सले सन् १९९८ यता पहिलो पटक समूह चरणमा आफ्ना सबै तीन खेल जित्दै शतप्रतिशत नतिजा निकालेको हो । किलियन एम्बाप्पे, ओसमान डेम्बेले र माइकल ओलिसे सम्मिलित फ्रान्सको अग्रपंक्ति निकै आक्रामक देखिएको छ ।

त्यस्तै, चोटमुक्त हुँदै लयमा फर्किएका लामिन यमाल र निको विलियम्स सम्मिलित स्पेन र समूह चरणमा कुनै पनि गोल नखाई आठ गोल गरेको अर्जेन्टिना पनि बलियो टिमका रूपमा उभिएका छन् । लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना यस पटक व्यक्तिगत कौशलमा मात्र नभई उत्कृष्ट टिम समन्वयका साथ मैदान उत्रिएको छ ।

मेसीको लोभलाग्दो लय र ओलिसेको उदय
समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी सबैको आकर्षणको केन्द्र बनेका छन् । ३९ वर्ष पुगिसक्दा पनि उनको खेल कौशल, मैदानको सुझबुझ लोभलाग्दो छ । उनले समूह चरणका ३ खेलमै ६ गोल गरिसकेका छन् । यो लयसँगै उनले सन् १९५८ को विश्वकपमा बनेको १३ गोलको ऐतिहासिक कीर्तिमानलाई समेत चुनौती दिन सक्ने अनुमान गरिएको छ ।

फ्रान्सका युवा खेलाडी माइकल ओलिसे पनि यो विश्वकपमार्फत अर्को उचाइमा पुगेका छन् । सेनेगलविरुद्ध म्यान अफ द म्याच बनेका उनले इराकविरुद्धको खेलमा दुई असिस्ट गर्दै टिमको जितमा मुख्य भूमिका खेलेका थिए ।

यसैगरी, मोरक्कोका १८ वर्षीय मिडफिल्डर अयुब बुआदीले आफ्नो परिपक्व प्रदर्शनले सबैलाई अचम्ममा पारेका छन् । उनको खेल शैलीलाई फ्रान्सका लिजेन्ड प्याट्रिक भिएरासँग तुलना गर्न थालिएको छ । विश्वकपमा एम्बाप्पे, रोनाल्डो, हालान्ड र भिनिसियस जुनियरजस्ता स्टारले आफ्नो प्रभाव जमाइरहँदा फ्रान्सका एम्बाप्पे देशलाई तेस्रो पटक विश्वकप उपाधि दिलाउन दृढ देखिएका छन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ६ : ५२ बजे

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक