विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा « Khabarhub

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

दक्षिण अफ्रिका बाहिरियो


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्दै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेर नयाँ इतिहास रचेको छ । गएराति भएको प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले पराजित गर्दै क्यानडाले यो ऐतिहासिक सफलता हात पारेको हो ।

क्यानडाको जितमा स्टेफन युस्टाकियो नायक बने । उनले खेलको पूर्वार्द्धमा गरेको एकमात्र गोल नै टोलीलाई इतिहासकै महत्त्वपूर्ण जित दिलाउन पर्याप्त भयो । खेलभरि दक्षिण अफ्रिकाले क्यानडाको पोस्टमा केही राम्रा आक्रमण गरेता पनि फरवार्ड लाइनमा आवश्यक जुझारुपन र फिनिसिङको कमी हुँदा बराबरी गोल फर्काउन सकेन । दक्षिण अफ्रिकाले खेलमा संघर्ष गरे पनि क्यानडाको बलियो रक्षापंक्ति र उत्कृष्ट रणनीतिका सामु उसको केही लागेन ।

यो जितसँगै क्यानडाभरि अभूतपूर्व खुसीयाली छाएको छ र देशका कुनाकाप्चामा फुटबल समर्थकले टोलीको यो ऐतिहासिक उपलब्धिलाई भव्य रूपमा मनाइरहेका छन् ।

भोलिका ‘ब्लकबस्टर’ खेल विश्वकप अन्तर्गत भोलि थप रोमाञ्चक खेल हुनेछन् । पहिलो खेलमा महाशक्तिका रूपमा हेरिएको ब्राजिलले जापानको सामना गर्नेछ भने अर्को खेलमा नेदरल्यान्ड्स र मोरक्को आमनेसामने हुनेछन्।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ८ : ४९ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको