विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा « Khabarhub

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

दक्षिण अफ्रिका बाहिरियो


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्दै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेर नयाँ इतिहास रचेको छ । गएराति भएको प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले पराजित गर्दै क्यानडाले यो ऐतिहासिक सफलता हात पारेको हो ।

क्यानडाको जितमा स्टेफन युस्टाकियो नायक बने । उनले खेलको पूर्वार्द्धमा गरेको एकमात्र गोल नै टोलीलाई इतिहासकै महत्त्वपूर्ण जित दिलाउन पर्याप्त भयो । खेलभरि दक्षिण अफ्रिकाले क्यानडाको पोस्टमा केही राम्रा आक्रमण गरेता पनि फरवार्ड लाइनमा आवश्यक जुझारुपन र फिनिसिङको कमी हुँदा बराबरी गोल फर्काउन सकेन । दक्षिण अफ्रिकाले खेलमा संघर्ष गरे पनि क्यानडाको बलियो रक्षापंक्ति र उत्कृष्ट रणनीतिका सामु उसको केही लागेन ।

यो जितसँगै क्यानडाभरि अभूतपूर्व खुसीयाली छाएको छ र देशका कुनाकाप्चामा फुटबल समर्थकले टोलीको यो ऐतिहासिक उपलब्धिलाई भव्य रूपमा मनाइरहेका छन् ।

भोलिका ‘ब्लकबस्टर’ खेल विश्वकप अन्तर्गत भोलि थप रोमाञ्चक खेल हुनेछन् । पहिलो खेलमा महाशक्तिका रूपमा हेरिएको ब्राजिलले जापानको सामना गर्नेछ भने अर्को खेलमा नेदरल्यान्ड्स र मोरक्को आमनेसामने हुनेछन्।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ८ : ४९ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग